ललितपुरमा डियुटीमा रहेका प्रहरी कर्मचारी माथि कुटपिट गरेको आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेको विवरण भने सार्वजनिक गरिएको छैन।
फागुन १७ गतेका राति ललितपुर महनगरपालिका ३ सानेपा झम्सीखेल स्थित द ग्रोभ बाइ हिमालय अर्गानिक किचेन नामक रेष्टुरेण्टको बाहिर सार्वजनिक सडक खण्डमा मादक पदार्थ सेवन गरी एक आपसमा झै-झगडा एवं हो-हल्ला गरिरहेको उनीहरूलाई प्रहरीले सम्झाउने प्रयास गरेको थियो।
त्यस क्रममा प्रहरी प्रभाग सानेपाबाट खटि गएको क्यूआरटी टोलीमाथि एक्कासी उत्तेजित भई अश्लिल अपशब्द प्रयोग गरी लात्ता मुक्का एवं लाठीले प्रहार गरी कुटपिट गरेका प्रहरीले जनाएको छ।
पक्राउ परेका ८ जनालाई गम्भीर उत्तेजनामा आई रीसको आवेगबाट कुटपिट गरेको कसुरमा ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको छ।
घटनाबाट घाइते भएका प्रहरी कर्मचारीको अल्का अस्पताल जावलाखेलमा उपचार भइरहेको जनाइएको छ।
Shares

प्रतिक्रिया