नेपाल पत्रकार महासंघले सञ्चारकर्ममा जुटिरहेका पत्रकार अर्जुन आचार्यलाई एमाले निकट युथ भोलेन्टियर्स फोर्सका व्यक्तिहरूबाट गरिएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ।
यही फागुन १४ गते निर्वाचनसम्बन्धी समाचार संकलन गर्ने क्रममा झापाको कमला गाउँपालिकामा आक्रमण हुँदा आचार्य घाइते भएको महासंघ मोरङ शाखाले जनाएको छ।
महासंघले आक्रमणमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र सुरक्षित अभ्यासमा जुट्ने वातवारण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
93
Shares

प्रतिक्रिया