ad ad

समाज


आज राति हावाहुरीसहित वर्षाको सम्भावना छः मौसम पूर्वानुमान महाशाखा

आज राति हावाहुरीसहित वर्षाको सम्भावना छः मौसम पूर्वानुमान महाशाखा

नेपालखबर
बैशाख २८, २०७७ आइतबार १४:२६,

मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) राति देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।

महाशाखाका अनुसार आज राति पश्चिमका केही, मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

अहिले पनि पश्चिमका केही स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।

माैसमिवद्का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव परिरहेकाे छ।  साेही कारण सोमबार र मंगलबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

माैसमविद्का अनुसार मंगलबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य  बदली भई केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। यसैगरी यस दिन राति पनि पूर्वी भूभागका केही, मध्य भूभागका थोरै र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

यस्तै मंगलबार दिउँसो देशका केही  स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ भने राति पनि पूर्वी भूभागका केही, मध्यका थोरै र पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .