काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक प्वाइन्टमा २ केजी ९०० ग्राम चाँदीसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको फेटा गाउँपालिका–६ बस्ने वर्ष १७ को आशु श्राब रहेका छन्।
वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बाप्र ०१–००६ ख ५५२९ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगा तथा लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुंगा समेतको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त चाँदी फेला परेको हो।
बसमा यात्रारत आशुको साथमा रहेको कालो झोलाभित्र सेतो प्लास्टिकले बेरी लुकाई छिपाई गरि ल्याएको अवस्थामा रु १२ लाख १४ हजार ५२० रुपैयाँ बराबरको २ केजी ९०० ग्राम भएको चाँदीका दाना फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
उनलाई थप अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको छ।
Shares

प्रतिक्रिया