हङकङ विमानस्थलको दोस्रो टर्मिनल २७ मेबाट पूर्ण रूपमा खुल्ने भएको छ। अधिकारीहरूले घोषणा गरेअनुसार टर्मिनलबाट १५ वटा एयरलाइन्सले सेवा दिने गरी सेट गरिएको छ।
यो टर्मिनलले प्रायः क्षेत्रीय उडान ह्यान्डल गर्नेछ। यो सन् २०१६ बाट सुरु गरिएको १४१.५ बिलियन हङकङ डलरको परियोजनामा एक हिस्सा हो, जसमा तेस्रो रनवे पनि समावेश थियो। यसको कोच हल सेप्टेम्बरमा खोलिएको थियो।
विमानस्थल प्राधिकरणका अध्यक्ष फ्रेड लाम टिनले मंगलबार भने–पहिलो टर्मिनल मुख्यतया लामो दूरीको उडानका लागि प्रयोग गरिने गरिएको छ, जुन व्यस्त रहन्छ। दोस्रो टर्मिनल पूर्ण रूपमा खुलेपछि यसले ‘केही उडान भार’ साझा गर्नेछ।
‘टर्मिनल २ को डिजाइन अझ जीवन्त, युवा र प्राविधिक रूपमा अग्रगामी सोच राखेर बनाइएको हो। यसले नयाँ स्व-सेवा सुविधा प्रदान गर्नेछ र असंख्य स्मार्ट प्रविधिहरू समावेश गर्नेछ,’ विमानस्थलमा टर्मिनल २ बनाइनुको उद्देश्यबारे अध्यक्ष फ्रेडले भनेको कुरा उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘हामीले नयाँ भोजन विकल्पको विस्तृत शृङ्खला पनि प्रस्तुत गरेका छौँ, जुन यात्रुको रोजाइमा मन पर्नेछ भन्ने मलाई विश्वास छ।’
दोस्रो टर्मिनलबाट सञ्चालन हुने सम्भावना रहेका एयरलाइन्सहरूमा हङकङ एयरलाइन्स, एचके एक्सप्रेस, ग्रेटर बे एयरलाइन्स आदि हुन्।
Shares

प्रतिक्रिया