म्याग्दीको रघुगंगा गाउँपालिका-३ चमेरेस्थित निर्माणाधीन राहुघाट हाइड्रोपावरको पावर हाउसमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा इलाम माई नगरपालिका-९ घर भएका ५५ वर्षीय भिस्म पौडेल रहेका छन्।
त्यसैगरि सुर्खेतको गुर्भाकोट नगरपालिका-२ गैरी बजार नजिकै ५१ वर्षी पुरुष पनि मृत फेला परेका छन्।
सडकको नालामा मृत फेला परेका उनी सोही नगरपालिका-२ भित्रिखोला बस्ने ५१ वर्षीय पिमलाल डांगी रहेका प्रहरीले जनाएको छ।
यी दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
21
Shares

प्रतिक्रिया