उत्तरी नाइजरको सहारा मरुभूमिको दुर्गम क्षेत्रमा पानी पिउन नपाएर ५० जनाको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार इद अल-अधा मनाएर मालीबाट फर्किंदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर र अल्जेरियाको बिचमा अलपत्र परेका थिए।
त्यसपछि पानी सकिएर प्यासले उनीहरूको मृत्यु भएको बीबीसी उर्दुले उल्लेख गरेको छ।
यस क्षेत्रमा अवस्थित अगाडेजका गभर्नरले भने, ‘यात्रुहरू खतरनाक क्षेत्रमा फसेका थिए, जहाँ अत्यधिक गर्मी र सुविधाको अभावले बाँच्न अत्यन्तै गाह्रो बनायो।’
अधिकारीहरूका अनुसार फसेका यात्रुमध्ये दुई जना मात्र बाँचेका छन्।
चालक र यात्रुले गाडी मर्मत गर्न धेरै दिनसम्म बारम्बार प्रयास गरे, तर सफल भएनन्।
मृतकहरू सबै नाइजेरियन नागरिक थिए।
स्थानीय अधिकारीहरूले पठाएको राहत टोलीले उनीहरूलाई सामूहिक चिहानमा गाडेको थियो।
Shares

प्रतिक्रिया