ग्लोबल


सामाजिक सञ्जालबाट उदाएको ककरोच पार्टीले दिल्लीमा गर्‍यो विरोध प्रदर्शन

सामाजिक सञ्जालबाट उदाएको ककरोच पार्टीले दिल्लीमा गर्‍यो विरोध प्रदर्शन

दिल्लीको जन्तरमन्तरमा ककरोच पार्टीले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागीहरू।


नेपालखबर
जेठ २३, २०८३ शनिबार ११:५७, काठमाडौँ

भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तरमा अहिले ककरोच जनता पार्टी (सीजेपी) ले विरोध प्रदर्शन गरिरहेको छ।

यसका लागि पार्टीका संस्थापक अभिजित दीपक अमेरिकाबाट आजै भारत आइपुगेका थिए।

जारी विरोध प्रदर्शनमा सयौँको सहभागिता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

दिल्लीमा शनिबार ककरोच पार्टीले विरोध प्रदर्शन गरेपछि परिचालित सुरक्षाकर्मी।

प्रदर्शनकारीहरूले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै नारा लगाइरहेका छन्। 

 

निट-यूजी पेपर लिक र सीबीएसई, सीयूईटी, एसएससी-जीडीजस्ता परीक्षामा भएका अनियमितताविरुद्ध प्रदर्शन गरिएको ककरोच पार्टीले जनाएको छ। 

सामाजिक सञ्जालमा व्यंग्यात्मक अभियान सञ्चालन गरेर ककरोच पार्टी उदाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad