शुक्रबार र शनिबार मधेसबाहेक देशका सबै प्रदेशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले बिहीबार जारी गरेको सूचनाअनुसार शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म यी प्रदेशमा यस्तो छ वर्षा तथा हिमपातको सम्भावना:
१. कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
२. मधेस प्रदेशमा वर्षाको सम्भावना छैन।
३. बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना छ।
४. गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ।
५. लुम्बिनी प्रदेश केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा सम्भावना छ।
६. कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।
७. सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ।
मौसम विभागले सचेत गराउँदै भनेको छ, ‘२०८२ माघ ९ गते (शुक्रबार) लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम हिमपात/वर्षाको सम्भावना छ।साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित असिनाको समेत सम्भावना छ। सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।’

Shares

प्रतिक्रिया