समाज


नेपालगन्जका ३०० जना कोरोना शंकाको घेरामा, ४० को स्वाब प्रयोगशालामा

नेपालगन्जका ३०० जना कोरोना शंकाको घेरामा, ४० को स्वाब प्रयोगशालामा

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १:२६,

अहिलेसम्म कोरोना भाइरसबाट २३ संक्रमित फेला परिसकेकाे बाँकेको नेपालगन्ज उपहानगरपालिकामा कन्ट्याक्ट ट्रेसिङ (संक्रमितसँग भौतिक सम्पर्क गरेकाको खोजी) का क्रममा तीन सय जना शंकाको घेरामा परेका छन्।

सुरुमा संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुषको सम्पर्कमा आएका व्यक्ति पछ्याउँदै जाँदा अन्य २२ जना संक्रमित प्रमाणित भएको नेपालगन्जमा फेरि ती संक्रमितको सम्पर्कमा आएकाहरूको ट्रेसिङ सुरु गरिएको हो।

यस क्रममा मंगलबार साँझसम्म ४० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला (भेरी अस्पताल) पठाइएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख (मेयर) डा.धवलशमशेर राणाले नेपालखबरलाई जानकारी दिए।

‘४० जनाको स्वाब परीक्षणमा पठाइसकेका छौं,’ बुधबार बिहान टेलिफोनमा नेपालखबरसँग मेयर राणाले भने, ‘अहिलेसम्मको अध्ययनमा कम्तीमा तीन सय जनालाई परीक्षण गर्नुपर्ने देखिएको छ।’

उनका अनुसार अहिले त्यहाँ धमाधम ट्रेसिङ र स्वाब संकलनको काम भइरहेको छ।

याे पनि: 

नेपालगन्जमा कसरी फैलियो त्यति धैरै संक्रमण? यसो भन्छन् स्थानीय जनप्रतिनिधि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad