वैदेशिक रोजगारीका लािग कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) उत्तीर्ण गरेका युवा आन्दोलनमा उत्रिएका छन्।
बुधबार ईपीएस पीडितले वैदेशिक रोजागर विभागका अन्तर्गतको ईपीएस कोरिया शाखा कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरू नौ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका हुन्।
ईपीएस उत्तीर्ण गरिसकेका करिब १० हजार युवा कोरिया जान पाएका छैनन्। उनीहरू कोरिया जाने समय छिटो टुंगो लगाउन माग गरेका छन्।
कृषि क्षेत्रमा धेरै पीडित भएकाले प्राथमिकताका आधारमा छिटो मिति तय गर्न, अन्यायपूर्ण रुपमा हटाइएका सबै कामदारलाई पुनःसमावेश गर्न माग गरेका छन्।










45
Shares

प्रतिक्रिया