राजनीति


मधेसमा आज यी ६ मन्त्री थपिँदै

मधेसमा आज यी ६ मन्त्री थपिँदै

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८२ बुधबार १२:५०, काठमाडौँ

मधेस प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ। 

मुख्यमन्त्री कृष्णप्रसाद यादवले ६ मन्त्री थप गरेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन्। 

आज जसपाबाट २, कांग्रेसबाट २, जनमतबाट १ र माओवादी केन्द्रबाट १ जना मन्त्री थप हुने मुख्यमन्त्री यादवले नेपालखबरलाई जानकारी दिए।

जसपाबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार र मनिष सुमन श्रम तथा यातायातमन्त्री बन्ने टुंगो लागेको छ। 

त्यसैगरि कांग्रेसबाट श्याम पटेल कृषि र शंकर चौधरी वनमन्त्री बन्दैछन्। जनमतबाट वसन्त कुशवाहा युवा तथा खेलकूदमन्त्री बन्ने पक्का भएको छ। 

त्यसैगरि माओवादी केन्द्रबाट फकिरा महतोले गृह मन्त्रालयको जिम्मेवारी पाउने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। 

गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए।

उनी कांग्रेससहित जसपा, जनमत,  माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। 

तर उनलाई सत्ता बाहिर रहेको एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीलेसमेत विश्वासको मत दिएका थिए।

हाल मधेसमा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाह ऊर्जा, लोसपाबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति, कांग्रेसका जंगीलाल राय स्वास्थ्य, एकीकृत समाजवादीका कनिष पटेल उद्योग र जनमतका महेश यादव अर्थमन्त्री छन्।  

आज विस्तार भएपछि मधेसमा मन्त्रिको संख्या ११ पुग्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad