ad ad

समाज


कोरोना भाइरसः जापानमा संकटकाल थप एक महिना बढ्यो

कोरोना भाइरसः जापानमा संकटकाल थप एक महिना बढ्यो

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ८:१७,

यसअघि जापान सरकारले यही मे ६ सम्मका लागि संकटकालको घोषणा गरेको थियो।

तर सोमबार यो अवधिलाई एक महिना बढाएको एएफपीले जनाएको छ। प्रधानमन्त्री सिन्जो आबेले लकडाउन अवधि बढेको जानकारी दिँदै कोरोनाको प्रभाव नघटेकै अवस्थामा संकटकाल खुलाउन नसकिने बताएका थिए।

जापानमा संकटकालको अवधि मे महिनाभर लागू हुने जापान सरकारको भनाइ छ।

जापानको टोकियो सहितका सात प्रान्तमा एक महिना अघि लामो आपतकाल घोषणा गरिएको थियो। सो महिनादिन लामो आपतकाल यही मे ६ तारिखमा सकिन लाग्दा आपतकालको अवधि बढाइएको हो।

यसअघि आपतकालको घोषणा गर्दा विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले पारेको आर्थिक प्रभावबाट बच्न प्रोत्साहनस्वरुप ठूलो आर्थिक प्याकेजको घोषणा समेत यसअघि गरिएको थियो।

जापानी प्रधानमन्त्री आबेसँग आइतबार जापानको मन्त्रिपरिषदका प्रमुख सचिव, त्यहाँका स्वास्थ्यमन्त्री र आर्थिक विकाससम्बन्धी मन्त्रीले भेटवार्ता गरी यस विषयमा परामर्श गरेका थिए।

त्यसक्रममा प्रधानमन्त्री र उनीहरुबीच आगामी बढीमा महिना दिनसम्मका लागि पुनः आपतकालको अवधि लम्ब्याउने विषयमा कुराकानी भएको थियो।

 आपतकाल घोषणा गरिएको टोकियो सहितका सात प्रान्तमा जापानको कुल जनसंख्याको करिब ४४ प्रतिशत मानिसहरुको बसोबास रहेको छ।

आपतकालको घोषणाले मानिसहरुलाई घरमै बस्न र व्यापार व्यवसाय बन्द गरी मानिसहरुको भीडभाडबाट टाढा रहनका लागि दबाब सिर्जना गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनेछ।

प्रधानमन्त्री आबेले अन्य व्यक्तिसँगको सम्पर्क घटाउन सक्यौँ भने आगमी केही सातामा नै संक्रमितको संख्या उल्लेख्य मात्रामा घटाउन सक्ने बताएका छन्।

सोमबार जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको देखिएको छ। सोमबार प्राप्त समाचारमा जापानमा यस भाइरसबाट संक्रमितको संख्या १५ हजार पुगेको देखिएको छ।

यी संक्रमितहरुमध्ये जापानाको राजधानी टोकियोमा मात्र ४ हजार ६०० जना रहेका छन्। यस संक्रमणका कारण यहाँ ५०० भन्दा बढीको ज्यान गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .