ad ad

खेल


माइक टाइसन फेरि रिङमा फर्कँदै, डेमो भिडियो देखेर सबै चकित!

माइक टाइसन फेरि रिङमा फर्कँदै, डेमो भिडियो देखेर सबै चकित!

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ८:६,

हालैका दिनमा टाइसन अभ्यासमा व्यस्थ भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

चार राउण्डको बक्सिङ खेलमा भाग लिने टाइसनको भनाइ छ। टाइसनले भाग लिन लागेको खेलबाट उठेको पैसा सबै समाज सेवामा खर्च हुने जनाइएको छ।

घरविहिन र औषधि र उपचार नपाएकाहरुका लागि यस खेलबाट उठेको पैसा खर्च हुने समाचारहरुमा उल्लेख गरिएको छ।

हालै टाइसनले सामाजिक सन्जालमा बक्सिङको अभ्यास गरेको भिडियो सार्वजनिक गरेका छन्। जहाँ उनले बेजोडका साथ मुक्का प्रहार गरेको देखिएको छ।

10 Heavyweight Boxing Champs Who Were Stripped Of The Title ...

यस भिडियोलाई हेरेर मानिसहरुले आश्चर्य व्यक्त गरिरहेका छन्। केहीले टाइसनलाई जितको लागि अग्रिम बधाई दिएका छन्।

टाइसनको भिडियो देखेर हलिउड अभिनेता तथा चर्चित रेस्लर द रकले पनि खुशी व्यक्त गरेका छन्। यस्तै लाइटवेट यूएफसी च्याम्पियन खबिब नुरमागोमेडोभले पनि टाइसन अद्भूत भएको बताएका छन्।

पूर्व बक्सर जर्ज फोरमेनले पनि टाइसनको भिडियोमा प्रतिक्रिया जनाएका छन्। उनले भने टाइसनलाई यस उमेरमा रिङमा नजान र टाइसनले बक्सिङमा केही प्रमाणित गर्न बाँकी नरहेको जनाएका छन्। एजेन्सी

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

I’m a Bad Boy for Life. Watch #BadBoysforLife now on DVD Blueray @willsmith @martinlawrence #stillthebaddestmanontheplanet

A post shared by Mike Tyson (@miketyson) on

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .