नेपाली सेनाका सहायक रथी प्रकाशराज थापा उपरथीमा बढुवा भएका छन्।
सैनिक मुख्यालको सिफारिस अनुसार थापालाई गत बिहीबारको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गरेको हो। उनलाई मंगलबार जंगी अड्डामा विशेष कार्यक्रमबीच उपरथीको दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
सोही अवसरमा सहायक रथीमा बढुवा भएका २ जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ। महासेनानी वजय केसी र भीमशकर वन सहायक रथीमा बढुवा भएका हुन्।
केसी उपत्यका पृतनामा र वन सैनिक अभिलेखालयमा पदस्थापन भएका छन्।
69
Shares

प्रतिक्रिया