नागरिकताविहीनहरूले नागरिकता प्राप्तिको माग गर्दै राजधानी काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
नागरिकताविहीन संघर्ष समिति नेपालको आयोजनामा सोमबार भएको प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनकारीहरूले नागरिकता नियमावली तत्काल मन्त्रिपरिषद् बाट पारित गरी कार्यान्वयनमा ल्याउन, आमाको नामबाट नागरिकता दिन तथा संविधानको धारा १० र ११ संशोधन गरी तुरुन्त लागू गर्न माग गरेका छन्।
उनीहरूले नागरिकताका अभावमा आत्महत्या गरेकी अञ्जु थारु र बाबु कान्छा थारु, साथै अमोद झा, निरज झा र राजीव राईलाई न्याय दिन सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनका क्रममा ‘नागरिकता नियमावली जारी गर’, ‘आमाको नामबाट नागरिकता दे’ जस्ता नारा लगाइएको थियो।













114
Shares

प्रतिक्रिया