राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा बोल्दै सो पार्टीका नेता राजेन्द्र गुरुङले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको नयाँ समझदारीबाट मात्रै हुने निर्वाचनले मुलुकलाई निकास दिने बताएका हुन्।
उनले निषेधको राजनीतिले मुलुकलाई अघि बढाउनसक्ने अवस्था नभएकाले पनि आफ्नो पार्टीले मुख्य शक्तिहरूबीचको नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउनेगरी सो मार्गचित्र प्रश्तुत गरेको समेत बताए।
नेता गुरुङले भने,‘मुलुकलाई नविन समझदारीमार्फत निकास दिनेतर्फ हामीहरू अगाडि बढौँ। यो शंका, उपशंका सबैलाई समाप्त पारेर अघि केही साथीहरूले भनिसक्नु भयो। निषेधको राजनीतिलाई त्यागौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तुत गरेको जुन मार्गचित्र छ। राजा, राजनीतिक दल र जेनजी पुस्ताका बीचमा एउटा नविन समझदारी गरेर अनि चुनावलाई सुनिश्चित गरौँ। यसो गरेर देशलाई निकास दिनुपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको आग्रह, अनुरोध हो।’
नेता गुरुङले जेन–जी पुस्ताको मागलाई पूरा गराउन पनि राजा, राजनीतिक दल र उनीहरूबीच नयाँ समझदारी आवश्यक रहेको जिकिर समेत गरे।
Shares

प्रतिक्रिया