समाज


स्वास्थ्य बीमा बोर्डबाट २०८२ पुससम्मको दाबी भुक्तानी

स्वास्थ्य बीमा बोर्डबाट २०८२ पुससम्मको दाबी भुक्तानी

नेपालखबर
साउन ७, २०८३ बिहिबार २०:३०, काठमाडौँ

स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको २०८२ पुस महिनासम्म स्वीकृत दाबी रकमको भुक्तानी सम्पन्न गरेको जनाएको छ।

बोर्डका अनुसार २०८२ असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै गरिसकिएको थियो।

पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनासम्म स्वीकृत दाबी रकमसमेत सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको बोर्डले जनाएको छ।

यससँगै आर्थिक वर्ष २०८१/८२ अन्तर्गत २०८२ पुससम्मको स्वीकृत दाबी रकमको भुक्तानी सम्पन्न भएको हो।

बोर्डले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आगामी दाबीहरूको भुक्तानी पनि नियमित रूपमा अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad