पठाओ बुकिङ गरी सेवा लिने क्रममा महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका ५ स्थायी घर भई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने बा.३१ प ४१३८ नम्बरको पठाओ चालक वर्ष ३४ को प्रविन कुमार साह रहेका छन्।
एक जना महिला सेवाग्राहीलाई पठाओ बुकिङ गरी सेवा लिने क्रममा सार्वजनिक स्थान र उनको फोन नम्बरमा कल तथा मेसेजद्वारा अश्लील,अपशब्द बोली दुर्व्यवहार गरेको प्रहरीको आरोप छ।
पठाओ चालक साहलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।
साथै त्यस्ता प्रकारका घटनाहरु बढ्दै गइरहेकोले आम सर्वसाधरणहरूलाई याङ्गो, इन्ड्राइभ र पठाओद्वारा सेवा लिँदा अनलाइन बुकिङ गरी सेवा लिन र अफलाइन सेवा नलिन पनि प्रहरीले आग्रह गरेको छ।
Shares

प्रतिक्रिया