ad ad

समाज


कोरोना प्रभाव: भेनेजुएलाको जेलमा झडप, कम्तीमा ४० कैदीको मृत्यु

कोरोना प्रभाव: भेनेजुएलाको जेलमा झडप, कम्तीमा ४० कैदीको मृत्यु

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ३:४६,

ल्याटिन अमेरिकी मुलुक भेनेजुएलास्थित एक कारागारमा झडप हुँदा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार पश्चिमी नगर गुआनारेनजिक लोस लानोसस्थित कारागारमा रहेका कैदी खाना र पानीको अभाव भएको भन्दै आक्रोशित भएपछि झडप भएको हो।

कैदीले जेल तोड्ने प्रयास गरेपछि झडप भएको अधिकारीले दाबी गरेका छन्। तर यसमा शंका व्यक्त गर्दै भेनेजुएलन प्रिजन अब्जर्भेटरी घटनाको अनुसन्धान गर्न माग गरेको छ।

घटनामा गभर्नरसहित कारागारका कर्मचारीसमेत घाइते भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।

कारागारसम्बन्धी मामिला हेर्ने मन्त्री आइरिस भारेलाले घटना भएको पुष्टि गरे पनि मृतकको संख्याबारे केही नबताएको एक स्थानीय पत्रिकाले लेखेको छ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भेनेजुएला सरकारले विभिन्न कदम चालेपछि देशका फोहोर र कैदीले खचाखच कारागारमा झडपका घटना बढेका छन्।

क्वारन्टीनसम्बन्धी नियमका कारण कैदीले आफन्तले ल्याइदिएका खानेकुरा लिन पाउँदैनन्। तर त्यही खाएर बाँच्नुपर्ने स्थिति छ। 

भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार झडपमा ४६ कैदीको मृत्यु भएको छ भने एक स्थानीय अस्पतालको आकस्मिक उपचार कक्ष घाइतेले भरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .