समाज


ललितपुर महानगरलाई ३० थान थर्मल गन सहयोग

ललितपुर महानगरलाई ३० थान थर्मल गन सहयोग

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ९:१२,

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तिकरण अभियानले ललितपुर महानगरपालिकालाई ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ।

तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई ३० थान थर्मल गन हस्तान्तरण गरिएको हो।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख चरीबाबु महर्जनले तारामण्डललाई धन्यवाद दिँदै भने ‘लकडाउन सकिए लगत्तै एसईई परीक्षा हुनेवाला छ। हामीकहाँ ४२ वटा परीक्षा केन्द्र छन् । त्यसको लागि हामीलाई उपकरणको कमी भइरहेको थियो। उहाँहरूले सहयोग गर्नुभएकोमा एकदमै धन्यवाद दिन चाहान्छौं।’

संस्थाले काठमाडौं वडा नं ९ का २६० परिवार सहित सरकारी होस्टेलका विद्यार्थी, भाडामा बसेर पढ्दै गरेका विद्यार्थी, बाल आश्रम र पशुपति क्षेत्रमा भएका गरिब, विपन्न परिवारलाई राहत सामग्री वितरणसमेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad