कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा २–३ वर्ष असर गर्ने युरोपियन फुटबलको सर्वाेच्च निकाय युईएफएको कार्यसमितिले जनाएको छ। कोरोना कै कारण कतारमा हुुने फिफा विश्वकप २०२२ लाई पनि असर पर्न सक्ने युईएफएका कार्यकारी समिति सदस्य तथा युरोपियन लिगका अध्यक्ष लार्स क्रिस्टरले अनुमान गरेका छन्।
विश्वकप फुटबलका लागि २ वर्ष मात्र बाँकी रहेकाले यही अवस्था रहिरहे विश्वकप तालिकामा पनि असर गर्ने उनले बताएका छन्। कोरोना भाईरसका कारण अबको २–३ वर्ष अन्तर्राष्ट्रिय फुटबलको तालिकामा समेत असर गर्ने तथा अहिले रोकिएका खेलहरु सञ्चालन गर्न ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताए।
युइएफएले आफ्नो सबैभन्दा ठूला दुई प्रतियोगिताहरु च्याम्पियन्स् लिग र युरोपा लिग आयोजना गर्नतर्फ ध्यान केन्द्रित गरेपनि सो प्रतियोगिता गर्न सम्भव छ छैन भन्ने बारेमा मे को अन्त्यतिर निर्णण गरिने बताइएको छ।
यस्तै, फ्रान्सका लिग वान र लिग टु तथा नेदरल्याण्डस् र बेल्जियमले समेत लिगहरु रद्द गरिसकेका छन्।

प्रतिक्रिया