ad ad

समाज


प्रहरी जवान मृत फेला

प्रहरी जवान मृत फेला

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १५:५३,

कैलालीको चुरे पहाडी क्षेत्र खिमडीस्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लोकेन्द्र बोहरालाई कार्यालयमा आज बिहान मृतावस्थामा फेला पारिएको छ। सुतेकै ठाउँमा प्रहरी जवान बोहरा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।

गएराति खाना खाएर सुतेका बोहरालाई काम (डिउटी)मा खटाउनका लागि बिहान ब्युँझाउने क्रममा मृत फेला पारिएको बस्नेतले बताए।

अछामको पायल स्थायी ठेगाना भएका २९ वर्षीय बोहरालाई पाँच महिना अघि खिमडी प्रहरी कार्यालयमा खटाइएको थियो। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी टोली त्यसतर्फ गैसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .