बेलायतमा कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका मध्ये एक तिहाइ बिरामीको मृत्यु भएको एक अध्ययनले देखाएको छ।
यो बेलायतमा कोरोना संक्रमितका सम्बन्धमा गरिएको सबैभन्दा ठूलो अध्ययन हो।
अध्ययनअनुसार अस्पताल भर्ना भएमध्ये करिब आधा संख्या निको भएर डिस्चार्ज भइसकेको छ। बाँकीको उपचार चलिरहेको छ।
अध्ययनमा १ सय ६६ अस्पतालका १७ हजार बिरामीलाई समेटिएको थियो।
‘अस्पतालमा भएको मृत्युदर करिबकरिब ईबोलाजस्तै देखियो,’ युनिभर्सिटी अफ लिभरपुलका प्राध्यापक केलम सेम्पलले भने। उनका अनुसार अस्पताल भर्ना भएका इबोलाका बिरामीमा मृत्यदर झण्डै ४० प्रतिशत हुन्छ।
अध्ययनले मोटोपना र उमेरले मृत्युको जोखिम बढाउने तथा पुरुषहरुमा मृत्युदर बढी देखाएको छ। एजेन्सी
प्रतिक्रिया