भारतमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ।
गत २४ घण्टामा सबैभन्दा बढी ७३ जनाको ज्यान गएको छ।
हालसम्म भारतमा ३१ हजार जना संक्रमित भएका छन्।
अन्य विशाल जनसंख्या भएका मुलुकको तुलनामा यो निकै कम संक्रमण हो। तर, परीक्षणको अभावका कारण पनि संख्या कम देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ।
भारतमा २५ मार्चदेखि नै लकडाउन घोषणा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ पछि पनि लम्बिने संकेत गरेका छन्।
प्रतिक्रिया