काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनले कोरोना भाइरसबारे आफूले भन्दै नभनेको कुरा भनेको भनेर केही अनलाइनले आफ्नो तस्बिरसहित लेख छापेको भन्दै गम्भीर आपत्ति प्रकट गरेका छन्।
आफूले भन्दै नभनेको कुरा ‘कोरोना कसैलाई भएकै छैन’ भनेकाे भनेर आफ्नो नाम र तस्बिरसहित केही वेबसाइटले लेख बनाएर छापेको उल्लेख गर्दै डा. पुनले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
बुधबार आफ्नो फेसबुकमा त्यसरी छाप्ने अनलाइनको स्क्रिनसटसमेत राख्दै डा. पुनले लेखेका छन्, ‘यहाँ देखाइएको वेबसाइट र मैले सुनेअनुसार अरू तीनवटा वेबसाइट (अरू पनि हुन सक्छ) ले ‘कोरोना कसैलाई भएकै छैन’ भनेर भन्दै नभनेको कुरामा मेरो नाम र फोटो राखी प्रकाशित लेख (व्यापक सेयर पनि भइसकेछ) प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। ती (थाहा भएका जति) वेबसाइटले हाल यो कार्यप्रति माफी मागेर आर्टिकल पनि हटाइसकेको भन्ने जानकारी आइसकेको छ। तर पनि यसले पुर्याएकाे क्षतिको पूर्ति भने सायद हुने छैन होला। अफसोच!’
डा. शेरबहादुर पुनले आफ्नो फेसबुकमा राखेकाे स्टाटसकाे स्क्रिनसट हेराैँ-


प्रतिक्रिया