समाज


एकै दिन दुई वडाध्यक्षको मृत्यु

एकै दिन दुई वडाध्यक्षको मृत्यु

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १४:१८,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा बर्दिया जिल्ला गेरुवा गाउँपालिका–६ को वडाध्यक्षको आज भेरी अस्पतालमा मृत्यु भएको छ।

बर्दिया गेरुवा गाउँपालिका–६ का वडाध्यक्ष ४२ वर्षीय टेकबहादुर चौधरीको आज उच्च रक्तचापका कारण मृत्यु भएको प्रदेश नं ५ का सांसद दिपेश थारुले दिए।

सांसद थारुले भने, ‘हाम्रो पार्टीका एक होनाहार नेता गुमाएका छौँ’, उनको आज भेरी अस्पताल नेपालगञ्जमा उपचार गर्दागर्दै मृत्यु भएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंहले जानकारी दिए। उनी तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भई स्थानीय चुनावमा विजय भएका थिए।

यता, बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको आज निधन भएको छ।

वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउॅपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको उनको घरमा आगलागी हुँदा घाइते भएको उनको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो।

उनका कान्छा छोरा समिर खनालको सोही दिन नै मृत्यु भएको थियो। घाईत खनाल र उनकी श्रीमती रुपा खनाल घाइते भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad