समाज


बससँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

बससँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

नेपालखबर
मंसिर १, २०८२ सोमबार २०:४, काठमाडौँ

यात्रुबाहक बस र मोटरसाइकल एक-आपसमा ठोक्किँदा बाँकेको राप्ती सोनारी  गाउँपालिका-२ अगैयामा एक जनाको मृत्यु भएको छ। 

कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको क प्र ११४५ नम्बरको यात्रुबाहक बससँग अगैया बजारमा ठोक्किएको हो। दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका-६ बुद्धटोलका ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए। 

दुर्घटना हुँदा मोटरसाइकल चालक क्षेत्री गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको पातलीले बताए। 

बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका आफन्तसँग सम्पर्क नभएकाले शवलाई शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad