समाज


सुन्धारा कारागारबाट फरार महिला–पुरुष पक्राउ

सुन्धारा कारागारबाट फरार महिला–पुरुष पक्राउ

फाइल फोटो/डिल्लीबजार कारागार


नेपालखबर
मंसिर १, २०८२ सोमबार १९:४२, काठमाडौँ

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा फरार एक महिला र एकजना पुरुष पक्राउ परेका छन्। 

कारागार कार्यालय जगन्नाथदेवल (महिला बन्दी गृह), सुन्धारामा जिउ मास्ने बेच्ने र मुद्दामा २२ वर्ष कैद सजाय कायम भई २०७६ मंसिर १९ गतेदेखि कैद भुक्तान गरिरहेकी धादिङको गजुरी गाउँपालिका–२ की वर्ष ४४ की शान्ति भन्ने गीता लामा पक्राउ परेकी हुन्।

यस्तै, सुन भन्सार चोरी पैठारी मुद्दामा १ वर्ष कैद र रु १ करोड ८ लाख ३९ हजार ७४७ रुपैयाँ ५० पैसा जरिवाना कायम भई २०८१ चैत ६ गतेदेखि सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज घर भएका वर्ष ३३ का मोहन महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ।

आन्दोलनको क्रममा सुन्धाराबाट फरार उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो कार्यालयबाट खटिएको प्रहरी टोलीले कात्तिक ३० र मंसिर १ गते पक्राउ गरेको हो। दुवै कैदीलाई कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad