काठमाडौंको ताहाचलबाट पटाकाजन्य विष्फोटक पदार्थ तथा कपडा लगायतका सामानहरू सहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतकाे जिल्ला चुरु राजस्थान स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका १३ बस्ने ४८ वर्षीय सुनिल कुमार रहेको प्रहरीले जनाएको छ।
उनले ताहाचलमा भाडामा लिई सञ्चालन गरेको गोदाम कोठामा विष्फोटक पदार्थ आतिसवाजी, पटाका तथा राजस्व छली चोरी पैठारी गरी ल्याएको कपडा तथा अन्य सामानहरू भण्डारण गरी राखेको अवस्थामा प्रहरीले छापा मारेको थियो।
उनको साथबाट विभिन्न प्रकारका पटाका तथा आतिसवाजी जम्मा १२७१ प्याकेट, रेड काउ समेत लेखिएको ५०० ग्राम तौल भएको पाउडर दुध १६० प्याकेट, म्याक्सजोन क्लोथिङ समेत लेखिएको प्लाटिकको कभरमा रहेको विभिन्न रंगको टिसर्ट ३२० थान, एसडब्लुसीपी डबल लेखिएको १० केजीको बट्टामा रहेको काजु ४ बट्टा (४० केजी), नेपाली नगद रू.दुई लाख र भारतीय रूपैयाँ २५ हजार पाँच सय बरामद भएको प्रहरीले जनाएको छ।
उनलाई विष्फोटक पदार्थ सम्बन्धी कसुर र राजस्व छली सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा पठाइएको छ।
Shares

प्रतिक्रिया