राजनीति


आज देउवाले महत्त्वपूर्ण निर्णय गर्नुभयो, उहाँप्रति सम्मान छ: गगन थापा

आज देउवाले महत्त्वपूर्ण निर्णय गर्नुभयो, उहाँप्रति सम्मान छ: गगन थापा

नेपालखबर
असोज २८, २०८२ मंगलबार १९:४३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकमा महत्त्वपूर्ण निर्णयहरू गरेर सुनाएको प्रतिक्रिया दिएका छन्। 

हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै पुगेका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टी कार्यालयमै प्रतिक्रिया दिनेक्रममा थापाले देउवाले आज सभापतिको हिसाबले अन्तिम सम्बोधनजस्तै गरेर अभिव्यक्ति दिएको बताएका हुन्। 

‘सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति तोकेर बाँकी कुरा केन्द्रीय समितिलाई छाडेर जानुभएकोले पनि आज हामीले के निर्णय गर्यौँ भने आजको दिनमा चाहिँ हामी उहाँको एक प्रकारको अन्तिम केन्द्रीय समितिमा उपस्थित रहेकोले पनि उपस्थितिलाई सम्मान गर्दै केन्द्रीय समितिको अरू कामकारबाही अघि नबढाउनेमा पुग्यौँ,’ थापाले भने। 

देउवाले एकताको लागि आह्वान गरेको र १५औं महाधिवेशन पनि विधानअनुसार नै समयमै हुनुपर्छ भनेको पनि थापाले बताए। 

‘आज पार्टी कार्यालयमा सभापतिले केही महत्त्वपूर्ण निर्णय गर्नुभएको र उहाँको एकप्रकारले भन्ने हो भने सभापतिको हिसाबले आज अन्तिम सम्बोधनजस्तै पनि भयो, त्यसको पनि सम्मान गरौँ,' उनले भने, 'एकताको आह्वान पनि गर्नुभएको छ र १५ औं महाधिवेशन विधानअनुसार समयमै (मंसिर मसान्तभित्र) गर्ने भन्नुभएकोले आज अरू कामकारबाही गरिएन।’

उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार अपराह्न ३ बजे विशेष महाधिवेशन हस्ताक्षर बुझ्ने पनि बताए। कांग्रेसमा ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष कारण खुलाएर विशेष महाधिवेशन माग गर्ने तयारी भइरहेको छ। महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हस्ताक्षार संकलन गरी विशेष महाधिवेशनको माग भइरहेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad