समाज


बेल्जियमको एन्त्रोपमा दसैँ-तिहारको शुभकामना कार्यक्रम आयोजना

बेल्जियमको एन्त्रोपमा दसैँ-तिहारको शुभकामना कार्यक्रम आयोजना

नेपालखबर
असोज २७, २०८२ सोमबार १४:४४, काठमाडौँ

बेल्जियमको एन्त्रोपमा दसैं, तिहार,नेपाल सम्बत, छठ र ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना  गरिएको छ। 

नेपाली मिलन केन्द्र, एन्त्रोप बेल्जियमको  आयोजनामा आइतबार शुभकामना कार्यक्रम आयोजना गरिएको हो। विश्व शान्तिको कामनासहित कार्यक्रम आयोजना गरिएको केन्द्रकी महासचिव कबिता सिंखडा दाहालले जानकारी दिइन्।

यस्तै नेपाली व्यवसायी संघ बेल्जियमका उपाध्यक्ष रमेश दाहाल र कासी दनै तथा संस्थाको विकासमा सहयोग गर्दै आएका गणेश अधिकारी, दामु अधिकारी, ललितकुमार पोखरेल, चित्र सुवेदी, गणेश गैह्रे, युद्धबहादुर थापालगायतलाई सम्मान गरिएको थियो। 

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सुशीला खतिवडा, पूर्वअध्यक्ष दीपक न्यौपानेसहित उपस्थित थिए। संस्थाका सल्लाहकार चित्र सुवेदीले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी लिएका थिए।
 

कार्यक्रममा जेन-जी आन्दोलन र हालै नेपालमा गएको बाढीपिहरोमा परी ज्यान गुमाएकाहरुको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने सामूहिक कामना गरिएको थियो। 

अध्यक्ष कान्ति अधिकारी, पूर्वअध्यक्ष न्यौपाने, निवर्तमान अध्यक्ष खतिवडा र सल्लाहकार सुवेदीले पानसमा बत्ती बालेर कार्यक्रम शुभारम्भ गरेका थिए।
 
एन्त्रोपमा सामाजिक क्रियाकलापमा सक्रिय उक्त संस्थाले नेपालीहरुबीच भाइचारा सम्बन्ध विकास, संस्कृति प्रबर्द्धनका साथै नेपालमा दैवीप्रकोप  उद्धार, ज्येष्ठ नागरिक, घरबारविहीन तथा क्यान्सर पीडित नेपालीहरुलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad