ad ad

समाज


साउदीबाट आएका भोजपुरका पुरुषमा भेटियो कोरोना संक्रमण

साउदीबाट आएका भोजपुरका पुरुषमा भेटियो कोरोना संक्रमण

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १४:५४,

बिहीबार साझ २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीका अनुसार फागुन ३० गते साउदी अरबबाट आएका भोजपुरका ती पुरुषमा संक्रमण पुष्टि भएको हो।

यसअघि दिउँसो मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा बिहीबार थप दुई जनालाई संक्रमण भएको पुष्टि गरेको थियो। 

योसँगै नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ।

बिहीबार दिउँसो उदयपुर र जनकपुरका एक/एक व्यक्तिमा संक्रमण भेटिएको मन्त्रालयले जनाएको थियो। उदयपुरबाट संकलन गरिएको नमूना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना पुष्टि भएको हो। उनी ५५ वर्षीया महिला हुन्।

यस्तै जनकपुरका १४ वर्षीय युवामा थप कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये ९ जना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .