प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति निवास पुगेका छन्। प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले जनाएको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका दुई मध्ये राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गराउन प्रधानमन्त्री ओली सितल निवास पुगेको अनुमान गरिएको छ।
सरकारले प्रस्तुत गरेका राजनीतिक दल तथा संवैधानिक परिषद सम्बन्धी दुई अध्यादेशप्रति चर्को आलोचना भएपछि ओलीले पार्टीका नेताहरुसँग राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने बताएका थिए।
प्रतिक्रिया