समाज


सरकारका पूर्वसचिव भीम उपध्यायलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

सरकारका पूर्वसचिव भीम उपध्यायलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ७:१५,

साइवर अपराधको मुद्दामा पक्राउ परेका सरकारका पूर्वसचिव भीम उपध्यायलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

बिहीबार जिल्ला अदालत काठमाडौंमा उनलाई पेश गरिएकोमा अदालतले तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको साइवर ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालले बताए।
प्रहरीले उपाध्यायलाई बुधबार साँझ उनकै निवासबाट पक्राउ गरेको थियो।

प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेका उनीमाथी थप आरोपमा समेत कारबाही हुने व्युरोले जनाएको छ।

समाजमा गलत हल्ला र अफवाह फैलाएको आरोपमा अनुसन्धान भइरहेको भन्दै उनको सामाजिक सञ्जाल अध्ययन भइरहेको प्रहरी अधिकारीले बताए।

पछिल्लो समय प्रधानमन्त्री र स्वास्थ्य सामग्री खरिदका विषयमा टिप्पणी गर्दा उनी विवादित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad