समाज


ट्रम्पले सिफारिस गरेको कोरोना औषधिमा आपत्ति जनाउने डाक्टर कामबाट निकालिए

ट्रम्पले सिफारिस गरेको कोरोना औषधिमा आपत्ति जनाउने डाक्टर कामबाट निकालिए

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ७:१६,

वैज्ञानिकहरुले हालसम्म पनि कोरोना भाइरसको औषधि र खोप बनाउन सकेका छैनन्। औषधि र खोप परीक्षणकालमै छन्।

यसबीचमा ट्रम्पले मलेरिया र लुपस रोग लागेकाले प्रयोग गर्ने औषधि ‘हाइड्रोक्सीक्लोरोक्वीन’ ले अमेरिकामा कोराना संक्रमित ठिक भएको बताउँदै आएका छन्।

उनले यस औषधि प्रयोग नगरिए पछि ढिलो प्रयोग गरेकोमा पश्चताप हुने समेत बताएका थिए।

ट्रम्पको भनाइमा ह्वाइट हाउसमा कार्यरत डाक्टर रिक ब्राइटले आपत्ति जनाएका थिए। ब्राइट अमेरिकामा कोरानाविरुद्धको खोपको अध्ययन गरिरहेका चिकित्सक हुन्।

तर राष्ट्रपतिको भनाइमा आपत्ति जनाएसँगै उनलाई ह्वाइट हाउसको कामबाट पदमुक्त गरिएको हो। ब्राइटले बुधबार आफूलाई कामबाट निकालिएको विषय सार्वजनिक गरेका थिए।

ट्रम्पले सिफारिस गरेको औषधिले केही मानिसहरु कोरोना संक्रमणबाट मुक्त भएपनि यस औषधिको नकरात्मक असर बढी भएको धेरै चिकित्सकहरुले बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .