ad ad

समाज


सेनाले भारतबाट २ करोड ४० लाखको औषधि ल्याउने

सेनाले भारतबाट २ करोड ४० लाखको औषधि ल्याउने

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ६:१२,

नेपाली सेनाले भारतबाट औषधि ल्याउनका लागि बुधबार २ करोड ४० लाख रुपैयाँ पठाउने भएको छ।

सेनाले औषधि खरिदका लागि उक्त रकम भुक्तानी गर्न रक्षा मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयमा पत्र पठाएको हो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भारतबाट ५३ प्रकारका औषधि एक करोड ५० लाख भारुमा ल्याउन लागिएको हो। उक्त रकम भुक्तानी गरेपछि भारतले ती औषिध दिल्लीस्थित दूतावासमा उपलब्ध गराउने भएको छ।

यसअघि अन्य स्वास्थ्य सामग्री खरिदका लागि चीनमा २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ पठाइ सकिएको छ।

चीनका तर्फबाट खरिद सम्झौतामा हस्ताक्षर भएलगत्तै सेनाले राष्ट्र बैंकमार्फत रकम पठाएको हो। चीनबाट एक सातामा स्वास्थ्य सामग्री आइपुग्ने बताइएको छ।

रकम पठाएको एक हप्ताभित्रमा चीनको सरकारी कम्पनी सिनो मार्फले गोन्जाओमा सामग्री उपलब्ध गराउने छ।

सेनाले पहिलो चरणमा पीपीई, एन ९५ मास्क, पीसीआर टेस्टका लागि आवश्यक सामग्री ल्याउने भएको छ। तत्काल आवश्यक नपर्ने स्वास्थ्य सामग्री सडक मार्गबाट ढुवानी गर्न सकिने प्रवक्ता पाण्डेले बताए।

चैत १६ गते नै स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले जीटूजी प्रक्रियामार्फत सामग्री खरिद गर्दा समय लागेको हो।

५ देशबाट स्वास्थ्य सामग्री खरिदका लागि प्रक्रिया अगाडि बढाएको सेनाले चीन र भारतबाट मात्र स्वास्थ्य सामग्री ल्याउने टुंगो लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .