समाज


टेकु अस्पतालमा उपचाररत धादिङका युवा निको भए, आज डिस्चार्ज हुँदै

टेकु अस्पतालमा उपचाररत धादिङका युवा निको भए, आज डिस्चार्ज हुँदै

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ६:२२,

टेकु अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड १९) का एक संक्रमित युवा आज (बुधबार) डिस्चार्ज हुने भएका छन्।

युएईबाट आएका धादिङका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई घर पठाउने तयारी गरेको हो।

ती युवालाई आज डिस्चार्जको तयारी रहेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए।

‘अस्पतालमा रहेका एकजना संक्रमित पनि सञ्चो (निको) भएका छन्। उनीको पनि अहिले केहीबेरमा डिस्चार्ज हुन्छ,’ डा. राजभण्डारीले नेपालखबरसँग भने।

यही चैत ६ गते एयर अरेबियाको विमानबाट उनी काठमाडौँ आएका थिए। त्यसपछि उनी काठमाडौँकै होटेलमा बसेका थिए।

उनमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको हो। त्यसपछि उनी अस्पतालको आइसोलेसनमा उपचाररत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .