वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न सात राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। त्यसैगरि अन्य सातवटा राजमार्गमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ।
आज पनि कोसी राजमार्गको भोटखोलामा सडक पूर्ण रूपमा अवरुद्ध छ। यो सडक लामो समयदेखि अवरुद्ध अवस्थामा छ।
त्यसैगरि कोसी राजमार्गकै मकालु गाउँपालिका-३ को एकुवामा पनि सडक अवरुद्ध छ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा पनि सडक अवरुद्ध छ।
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पनि पहिरो खसेर सडक अवरुद्ध छ। यहाँ पनि लामो सयदेखि सडक अवरुद्ध हुँदै आएको छ।
सडक डिभिजन भरतपुरले भन्यो: नारायणगढ–मुग्लिन सडकमा ढुंगा झर्ने क्रम अझै रोकिएन (भिडिओ)
आज पनि बिहानैदेखि तीनवटा लोडर र दुईवटा एकाभेटर प्रयोग गरे पहिरो हटाउने काम जारी रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
पहिरोको कारण मुग्लिन क्षेत्रमा बिगत तीन दिनदेखि सयौँ सवारी साधन रोकिएका छन्। काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्ध हुँदा दसैँको मुखमा यात्रुले ठूलो मर्का बेहोरिरहेका छन्।
त्यसैगरि पहिरोले म्याग्दीको बेनी दरबाङ र जाजरकोटको जारकोट डोल्पा सडक पनि अवरुद्ध छ।
त्यसैगरि रसुवको उत्तरगया, बाग्लुङको कालीगण्डकी, नवलपरासीको दाउन्नेस्थित पूर्वपश्चिम राजमार्ग, रुकुमपूर्वको मध्यपहाडी राजमार्ग र पाल्पाको पाल्पा गुल्मी सडकमा पनि बाढी पहिरो जाँदा एकतर्फी मात्रै गाडी चलेका छन्।,

पमा खुलाइएका छन्।
Shares

प्रतिक्रिया