समाज


नक्खु कारागारबाट भागेका कैदी सर्लाहीबाट पक्राउ, ज्यान मुद्दाका अर्का आरोपी पनि समातिए

नक्खु कारागारबाट भागेका कैदी सर्लाहीबाट पक्राउ, ज्यान मुद्दाका अर्का आरोपी पनि समातिए

नेपालखबर
असोज १, २०८२ बुधबार ११:७, काठमाडौँ

सर्लाही प्रहरीले ज्यान सम्बन्धी मुद्दाका दुई अभियुक्तलाई पक्राउ गरेको छ। 

जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारागारबाट फरार भएका एक कैदी र हत्या कसुरका अर्का फरार अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा मलंगवा नगरपालिका- ७ का ३० वर्षीय फिरोज मंसुर र सर्लाहीकै हरिपूर्वा नगरपालिका- ६ घर भएका २६ वर्षीय सन्तोष भनिने अभिकुमार यादव छन्। 

मसुर भदौ २५ गते नक्खु कारागारबाट कैदीहरू भाग्दा फरार भएर सर्लाही पुगेका थिए। उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको प्रहरीले पक्राउ गरेको हो। 

त्यसैगरि यादवले गएको साउन ३० गते हरिपूर्वा-६ निवासी ५० वर्षीय रामपुकार यादवलाई गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ।  

उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि उनी फरार भएका थिए। हत्यापछि भारततर्फ भागेका उनी नेपाल आउँदै गर्दा सर्लाहीकै पर्सा गाउँपालिका-३ नारायणपुरबाट पक्राउ परेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad