नेपाली सेनाले काठमाडौँलगायत देशका विभिन्न स्थानहरुमा लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उच्छृङखल गतिविधिहरूमा संलग्न २७ जनालाई पक्राउ गरेको छ।
विषम परिस्थितिको अनुचित फाइदा उठाउने त्यस्ता व्यक्तिबाट हातहतियार पनि बरामद गरेको सेनाले जनाएको छ।
सेनाले दिएको जानकारी अनुसार, काठमाडौँको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार नगद बरामद गरिएको छ।
काठमाडौँको विभिन्न स्थानहरूबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार ३१ वटा बराम भएका छन्। तिनमा प्रयोग हुने म्यागजिन एवं गोलीगठ्ठाहरू बरामद गरिएको सेनाको भनाइ छ।
साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरूमा उपचार गरिएको पनि सेनाले जनाएको छ।
सेनाको विज्ञप्तिअनुसार, ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको छ।
काठमाडौँको लुटपाटमा संलग्न प्रदर्शनकारीसँग आधुनिक हतियार र पकेट बम पनि
Shares

प्रतिक्रिया