समाज


एसएसबीले नेपालीलाई भारत प्रवेश गर्न दिएन

एसएसबीले नेपालीलाई भारत प्रवेश गर्न दिएन

नेपालखबर
भदौ २५, २०८२ बुधबार ११:१४, काठमाडौँ

नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको छ। 

सुदूरपश्चिमी सीमा नाका गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका भएर भारत गइरहेका नेपालीलाई एसएसबीले प्रवेश दिएको छैन।

माथिको आदेश भन्दै भारत जान नदिएर फर्काएको भारतफर्त हिँडेका नेपालीले गुनासो गरेका छन्। नेपालका कारगारहरुबाट कैदीबन्दी भागेको र उनीहरु भारत भित्रिन सक्ने भएकाले नाकामा कडाइ गरिएको बताइन्छ।

महेन्द्रनगरको सडकमा नेपाली सेना परिचालित भएको छ। सेनासहित प्रहरी र सशस्त्र प्रहरीले बिहानैदेखि महेन्द्रनगर बजार र आसपासका क्षेत्रमा गस्ती गरिरहेका छन्।

अत्यावश्यक काम बाहेक स्थानीयलाई घर बाहिर ननिस्किन आग्रह गरिएको छ। 

आन्दोलन उग्र बनेपछि मंगलबार महेन्द्रनगरमा सरकारी कार्यालय, नेताहरुको घरमा आगजनी र तोडफोड भएको थियो। प्रदर्शनकारीले कारागार पसेर कैदीबन्दीलाई बाहिर निकालेका थिए।

नियन्त्रण बाहिर गएको स्थितिलाई सेनाको सहयोगमा सुरक्षाकर्मीले अहिले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad