काठमाडौँका विभिन्न स्थानमा लुटपाट गर्ने समूह हतियारै लिएर हिँडेको पाइएको छ।
कतिपय ठाउँमा उनीहरूमाथि फायर समेत गरेका छन्।
केही ठाउँमा दोहोरो फायरिङ पनि भएको छ।
नेपाली सेनाले केही ठाउँमा त्यस्ता हतियारधारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। टुसालमा भएको फायरिङपछि पनि सेनाले हतियार बरामद गरेको छ।
हतियार, गोली, सकेट बम, पेस्तोल पनि विभिन्न ठाउँका प्रदर्शन र लुटपाटमा प्रयोग भएका देखिएका छन्।
सुरक्षा स्रोतका अनुसार, केही हतियार प्रहरीबाट लुटिएका हुन सक्ने भए पनि कतिपय प्रहरीले पनि प्रयोग नगर्ने खालका हतियार देखिएका छन्।
प्रदर्शनकारीहरूले केही ठाउँमा बम पड्काएका छन्।

6.9k
Shares

प्रतिक्रिया