बंगलादेशमा सरकारले लागू गरेको लकडाउनको उल्लंघन गर्दै एक लाखभन्दा बढी मानिस एक अन्त्येष्टिमा भेला भएका छन्।
शनिबार इस्लामिस्ट पार्टीका एक वरिष्ठ नेताको अन्त्येष्टिमा एक लाखभन्दा बढी मानिस जम्मा भएको बंगलादेशका प्रधानमन्त्रीका सहयोगी साह अलि फर्हादले पुष्टि गरेका हुन्।
ब्रम्हानबारिया प्रहरीका प्रवक्ता इम्तियाज अहमदका अनुसार इस्लामिक नेता मौलाना जुबाएर अहमद अन्सारीको मृत्यु भएपछि अन्त्येष्टिमा लाखभन्दा बढी मानिस भेला भएका थिए।
लकडाउनको नियम लागू गरिएको बंगलादेशमा कोरोनाको त्रासपछि पाँच जनाभन्दा बढीलाई जम्मा नहुन भनिएको छ।
इस्लामिस्ट पार्टीका सहसचिव मोहम्मद मामुनल हाकीका अनुसार ब्रम्हानबारिया जिल्लामा दशौं हजार मानिस भेला भएका थिए।
बंगलादेशमा हालसम्म २ हजार ४५६ कोरोना संक्रमित छन्। त्यहाँ ९१ जनाको मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया