भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै जेनजीले गरेको प्रदर्शन हिंसात्मक बनेको मीनभवनस्थित नेपाल कमर्स क्याम्पस (एनसीसी)मा केही विद्यार्थी फसेका छन्।
बानेश्वर क्षेत्रमा प्रदर्शन हिंसात्मक बनेपछि आफूहरू एनसीसी कलेजभित्र फसेको र प्रहरीले लाठीले पिटेको बताएका छन्।
‘कृपया हामीलाई बचाउनुहोस्, हामी एनसीसी कलेजभित्र फसेका छौं,’ उनीहरूको सन्देश छ, ‘केही साथीहरूले हात उठाएर चिच्याए, तर उनीहरूले लाठीले पिट्न जारी राखे। केही साथीहरू छतमा छन्। उनीहरूले त्यहाँबाट हाम फाल्न सक्छन्।’
एनसीसी कलेजकै एक विद्यार्थीले भने प्रहरीले गोली नहान्ने भन्दै आफूहरूलाई प्रदर्शनमा अगाडि लगाइएको तर प्रहरीले सिधै गोली हानेको बताएकी छिन्।
‘हामी विद्यार्थीलाई गोली हान्दैन भनेर प्रदर्शनका लागि अगाडि-अगाडि लिएर आयो,’ प्रहरीको गोली लागेर घाइते ती विद्यार्थीले भनिन्, ‘अनि, विद्यार्थीमाथि नै गोली हान्यो। अनि हातमा लाग्यो।’
उनले आफ्ना ६-७ जना साथीहरूलाई पनि प्रहरीको गोली लागेको बताइन्।
Shares

प्रतिक्रिया