समाज


भदौ २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा  सार्वजनिक बिदा

भदौ २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा  सार्वजनिक बिदा

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार ८:४३, काठमाडौँ

चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी) को अवसरमा यही भदाै २२ गते आइतबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ।

चितवन, मकवानपुर र धादिङ जिल्लामा आगामी आइतबार बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाे हाे। चेपाङ जातिले न्वागीलाई महत्वपूर्ण पर्वको रूपमा मनाउँदै आएका छन्।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सह–प्रवक्ता रबिता कार्कीद्वारा जारी  सार्वजनिक सूचनामा बागमती प्रदेश राजपत्रको खण्ड (८) सङ्ख्या ३२ प्रदेश राजपत्र भाग ३ को २०८१ चैत २१ गते प्रकाशित सूचना बमोजिम तीन जिल्लामा सार्वजनिक बिदा हुने उल्लेख छ। 

बागमतीका चितवन, मकवानपुर र धादिङमा चेपाङ जातिको बसोबास रहेको छ। २०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ जातीकाे जनसङ्ख्या ८४ हजार ३ सय ६४ मात्रै छ। मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङ समुदायको बसोबास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad