समाज


ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु, अर्का घाइते

पल्टिएको ट्रकले एउटा घरसमेत भत्कायो
ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु, अर्का घाइते

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार ९:१, काठमाडौँ

सिन्धुलीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्। 

आज बिहान कमलामाई नगरपालिका- ९ बथानचौडी नजिकै मदनभण्डारी राजमार्गमा विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँमा ४६ वर्षीय भुवन भुजेलको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ट्रकको ठक्करबाट सोही ठाउँका ६४ वर्षीय टेकप्रसाद दाहाल गम्भीर घाइते भएका छन्। उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि आफन्तले तत्कालै अस्पताल पुर्‍याएका थिए। 

अनियन्त्रित भएको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएपछि सडक किनारामा पल्टिएको प्रहरीले जनाएको छ। ट्रक पल्टिँदा एउटा घरमा क्षति भएको छ। जसमा २० वटा जति कुखुरा मरेका पनि प्रहरीले जनाएको छ। 

दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक टंकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad