समाज


झापाका मस्जिदमा बस्दै आएकाहरुको कोरोना परीक्षण

झापाका मस्जिदमा बस्दै आएकाहरुको कोरोना परीक्षण

नेपालखबर
बैशाख ७, २०७७ आइतबार २:५४,

उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि देशैभरिका मस्जिदमा सरकारले निगरानी बढाएको छ।

कोरोनाको जोखिम नियन्त्रण गर्न जारी बन्दाबन्दीका क्रममा एकैसाथ १२ जना सङ्क्रमित भेटिएपछि पूर्वका मस्जिदसहित सीमा तथा आवतजावतमा सरकारले थप निगरानी बढाएको हो।

शनिबार झापाको दमक–६ स्थित जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरुसहित १४ को आरडिटी परीक्षण गरिएको नगरपालिकाले जनाएको छ।

आरडिटी परीक्षणको रिपोर्ट भने सबैको नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता गीता अधिकारीले जानकारी दिइन्।

उपप्रमुखसमेत रहेकी प्रवक्ता अधिकारीका अनुसार सबैको रिर्पोट नेगेटिभ आएपछि डराउनुपर्ने अवस्था आएको छैन। उनीहरु दुई महिनाअघि नै नेपाल आएको खुलेको छ।

कोरोना सङ्क्रमण हुन नदिन सरकारले बन्दाबन्दी जारी राखेपछि भारत फर्कन नपाएको उनीहरुले बताउँदै आएका छन्। उनीहरु केही दिनयता मस्जिदमै सेल्फ क्वारेन्टाइनमा थिए।

देशका विभिन्न मस्जिदमा कोरोनाका बिरामी भेटिन थालेपछि दमकको मस्जिदमा समेत निगरानी बढाउन नगरवासीले आवाज उठाउँदै आएका थिए।

यसैगरी शनिबार नै मस्जिदमा रहेका बाहेक इलाका प्रहरी कार्यालय दमकको थुनामा रहेका कैदी र प्रहरी गरी पाँच, क्वारेन्टाइनका एक र आम्दा अस्पतालबाट एक बिरामी गरी २१ जनाको आरडिटी परीक्षण गरिएको छ।

तीमध्ये चार जनाको थप स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रवक्ता अधिकारीले बताए। उनका अनुसार हाल दमक–४ स्थित दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा दुई र मानसरोवर इन्स्टिच्युटमा १५ पुरुष रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad