समाज


भारतमा कोरोना संक्रमण झनझन् तीब्र बन्दै

भारतमा कोरोना संक्रमण झनझन् तीब्र बन्दै

नेपालखबर
बैशाख ७, २०७७ आइतबार २:४३,

भारतमा कोरोना संक्रमित बढ्दै गएका छन्। वर्ल्डओमिटरका अनुसार आज (आइतबार) बिहानसम्म भारतमा संक्रमितको संख्या १५ हजार ७ सय ३० पुगेको छ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ सय २१ जनाको मृत्यु भइसकेको छ। गएको २४ घन्टामा भारतमा संक्रमितमध्ये ३३ जनाले ज्यान गुमाएका छन्।

शनिबार एकैदिन भारतमा १३ सय ५ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये अहिलेसम्म साढे २४ सय उपचारपछि ठिक भएका छन्।

भारत कोरोना भाइरसको त्रासपछि लकडाउनमा छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad