समाज


रविपत्नी निकिता लेख्छिन्- मेरो श्रीमान् भन्नुहुन्छ, एउटै रावणका फरक टाउका गन्न छाडिदेऊ

रविपत्नी निकिता लेख्छिन्- मेरो श्रीमान् भन्नुहुन्छ, एउटै रावणका फरक टाउका गन्न छाडिदेऊ

नेपालखबर
भदौ ९, २०८२ सोमबार १४:४१, काठमाडौँ

बिगो बापतको बैंक जमानत लिएर रवि लामिछानेलाई रिहा गर्न रुपन्देही अदालतले अस्वीकार गरेपछि सोमबार त्यसविरुद्ध उच्च अदालतमा निवेदन गरेका छन्। रवि लामिछानेको तर्फबाट सोमबार उनकी पत्नी निकिता पौडेलले निवेदन दिएकी हुन्। 

उनले सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछानेको छुट्टै बिगो तोकेर त्यसबापत बैंक जमानत लिइ थुनाबाहिरै राखेर मुद्दा लड्न दिन निवेदन गरेको बताएकी छन्। 

उक्त निवेदनमा उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुधबार (भदौ ११) लाई पेसी तोकेको छ। 

निवेदन दिइसकेपछि निकिताले सामाजिक सञ्जालमार्फत यसको जानकारी गराएकी छन्। उनले संविधानले दिएका सबै न्यायका ढोका ढकढक्याउने अठोट पनि देखाएकी छन्।

तर उनले सामाजिक सञ्जालको त्यही पोष्टमा रवि लामिछानेले भने न्याय पाइने विश्वास मारिसकेको उल्लेख गरेकी छन्। 

‘आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ’, निकिता लेख्छिन्, ‘मेरो श्रीमान् भन्नुहुन्छ, 'यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेऊ।'

उनी अगाडी थप्छिन्, ‘तर, श्रीमतीका रुपमा मेरो पनि जिद्दी छ, न्याय पाइयोस् कि नपाइयोस्, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने छु। मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन। भैरहवा कारागारमा उहाँलाई कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन। यिनिहरूले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरूको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन। आफैंले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट किन धम्क्याइरहेका होलान्, त्यो पनि अब मैले भनिरहन पर्दैन।’

‘बिगो तोकिदेउ र त्यो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो’, निकिताले उल्लेख गरेकी छन्।

सम्बन्धित समाचार :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad